विप्लव नेतृत्वको नेकपामाथिको दमन सरकारले रोक्नु पर्छः महासचिव मोहन वैद्य

207

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले विप्लव नेतृत्वको नेकपामाथि सरकारको दमन गलत भएको बताएका छन् । महासचिव बैद्यले क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी शक्तिमाथि दमर्न गर्ने नीति फासीवादी भएकोले सरकारले यसलाई रोक्नुपर्ने बताए ।

त्यस्तै उनले आगामी मंसीर १४ गते ५० स्थानमा हुने उपनिर्बाचन बहिस्कार गर्ने समेत बताए । नेकपाको नाममा सरकारले अहिले कम्युनिष्टको बदनाम गरेको समेत उनले बताए । बैद्यले सरकार नाङ्गिदै गएकाले यसको भण्डाफोर गर्ने नीति लिएको बताए । अहिलेको सरकार जताजता हावा चल्छ त्यतै वग्ने गरेकोले जनताको समस्याहरुको समाधान गर्न नसक्ने आरोप उनको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here