गत आर्थिक वर्षमा १९ लाखभन्दा बढीले मोवाईल आयातमा कमी

78

काठमाडौं । नेपालमा भित्रने मोवाईल आयातमा २२.५१ प्रतिशतले कमी आएको छ । पछिल्लो एक दशकदेखि निरन्तर बढ्दै गएको मोबाइल सेटको आयात गत वर्षमा भने घटेको तथ्याकले देखाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकमा १९ अर्ब २७ करोड ७० लाख बराबरको ४२ लाख ७५ हजार ५ सय मोबाइल हेन्डसेट आयात भएको थियो । यो संख्या अघिल्लो आवको तुलनामा १९ लाख ४८ हजारवटा मोबाइल सेट कम हो । त्यस्तै, आयात रकम ५ अर्ब ६० करोडले रुपैयाँले घटेको छ । त्यसअघिको वर्ष २०७४/७५ मा २४ अर्ब ८७ करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबरको ६२ लाख २३ हजार ६ सय ६५ वटा मोबाइल हेन्डसेट भित्रिएका थिए ।

व्यवसायीहरुका अनुसार करिब २० देखि २५ प्रतिशत मोवाईल भन्सार छलेर भित्रने भएकाले मोवाईल आयतमा कमीआएको हो । आव २०७२/७३ मा मुलुकमा ४९ लाख ९० हजार मोबाइल सेट आयात भएको छ । गत वर्ष ४२ लाख ७५ हजार मात्र मोबाइल सेट आएका छन् । मूल्यका हिसाबले २०७२/७३ को तुलनामा गत वर्ष १ अर्ब ६ करोड रुपैयाले मात्रै धेरै आयात भएको तथ्यांकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here