आजको राशिफल (२०७६ भदौ १८), ज्योतिष विज्ञानमा तपाईंको भाग्य

166

ज्योतिष निराकार न्यौपाने
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेम सम्बन्ध र प्रणयप्रसङ्गका लागि उत्कृष्ट समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । शत्रु परास्त हुनेछन् । पढाइ लेखामा ध्यान जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्ने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आइपर्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा होला । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान्यजन संग भेट हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक यात्रा हुनेछ । प्रेमी प्रेमिकाका बिच खटपट बढ्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा प्रसन्नता छाउनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यात्रा सफल हुने योग भएपनि लामो यात्रामा सजगता अपनाउँनु होला । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here