नेपाल-चीन सैन्य अभ्यास जारी ! नेपाललाई ३० ट्रक सैन्य सहयोग

338

काठमाडौं / चीन सरकारले नेपाली सेनालाई ठुलो मात्रामा सैनिक सहयोग हस्तान्तरण गरेको छ । चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणपूर्व चिनले २३ करोड ९५ लाख ५० हजार बरावरको सैनिक सहयोग नेपाली सेनालाई हस्तान्तरण गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापा गत असारमा एक साता लामो चीन भ्रमणमा जांदा सैनिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम सहायता सामाग्री केरुङ हुंदै ३० ट्रक काठमाडौं पुगेको हो । सैनिक सामाग्री नेपाली सेनाका ट्रकमा लोड गरेर केरुङबाट शनिवार सांझ काठमाडौं पुगेको सैनिक स्रोतले जनाएको छ ।

चीनियां जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा असार ०१ गतेदेखि ७ सम्म चीन भ्रमणमा गएका प्रधानसेनापति थापाले बेइजिङ्गमा चिनियां सेनाका चिफ अफ जोइन्ट स्टाफ एवंम् केन्द्रिय सैनिक आयोगका सदस्य जनरल ली जुछेङ्ग र रक्षामन्त्री वेई फेंगेंसंग भेटवार्ता गरेका थिए ।

चीन र नेपालबीच पछिल्लो समय सैनिक सम्बन्ध समुधुर हुँदै गएको छ । नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास गत बुधबारबाट काठमाडौंमा सुरु भएको छ।सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम २०१९ नामाकरण गरिएको उक्त अभ्यास भदौ २४ सम्म चल्ने सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here