‘अपराध महाशाखाको प्रहरी हुँ’ भन्दै धम्की दिने २ जना पक्राउ

228

काठमाडौं  /  ‘अपराध महाशाखाको प्रहरी हुँ’ भन्दै डर धम्की दिई अवैध रुपमा रकम असुल्न खोज्ने २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं सामाखुशी बस्नेहरु तेह्रथुम आठराई गाउँपालिका-१ घर भएका २७ वर्षीय भक्त बहादुर लिम्बु र ताप्लेजुङ ताप्लेथोक गाविस-८ घर भएका ३१ वर्षीय हिमाल लिम्बु रहेका छन् ।

काठमाडौं स्वयम्भू गैरीगाउँ बस्ने धर्म गुरुलाई उनीहरुले अपराध महाशाखाको असई हुँ भनी डर-धम्की दिई अवैध रुपमा रकम असुल गर्न खोजेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले भक्तलाई काठमाडौं हलचोक र हिमाललाई काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here