सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

221
3d illustration. White man sale announcement with megaphone, shopping bag and percent sign on white background

काठमाडौं । सहकारी संस्थाहरुले अब १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । मुलुकभरिका संहकारी संस्थाहरुले बढी ब्याज लिएको गुनासो आइरहेको भन्दै सरकारले ब्याजदरमा सीमा तोकेको हो ।

शुक्रबार सहकारी विभागले पत्रकार संमेलन गरी मुलुकभरि नै लागू हुने गरी १६ प्रतिशतभन्दा बढी लिन नपाइने गरी ब्याजदरमा सीमा तोकेको हो । विभागका रजिस्ट्रार डा। टोकराज पाण्डेले सरकारले तोकेको ब्याजदर कार्यान्वयन नगर्ने सहकारी संस्थाहलाई कानुनबमोजिम कारबाही गरिने बताए ।

उनले बचतमा भारित औसत ब्याजदरभन्दा सामान्यतया बढी, ऋणमा भारित औसत ब्याजदरभन्दा सामान्यता घटी र बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी हुने गरी ब्याजदर निर्धारण गरिएको बताए । हाल नेपालभरि ३४ हजारभन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here