फाइनलमा हारेपछि इतिहास कोर्न चुक्यो नेपाली चेली

309

काठमाडौं / किर्गीस्तानमा  आयोजना  भएको नादेझ्दा कप फुटबलको फाइनल खेलमा  हारेपछि नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ । आज भएको फाइनलमा बलियो टिम उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले हारेपछि  नेपाल उपविजेता बनेको हो ।

काराकोलस्थित सेन्ट्रल रंगशालमा सावित्रा भण्डारीले २ गोल फर्काए पनि नेपाल उपविजेतामा सिमित भएको हो । बलियो टिम उज्वेकिस्तानले खेलको ३९ औं मिनेटमा पहिलो गोल गरेको थियो ।  नेपाली डिफेन्डर र गोलरक्षकको कमजोरीको फाइदा उठाउदैं उज्वेकिस्तानले गोल गरेको थियो । खेलको दोस्रो हाफमा ५५ औं मिनेटमा उज्वेकिस्तानले दोस्रो गोल गर्यो । उज्वेकिस्तानको खेलाडीले ५ नेपाली डिफेन्डरसहित गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएकी थिईन् ।

खेलको ६४ औं मिनेटमा उज्वेकिस्तानले ३० को अग्रता बनाएको थियो । तर, खेलको ६७ मिनेटमा सावित्राले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याउदै नेपाललाई खेलमा फर्काउने कोशिश गरिन् । त्यसपछि नेपालले खेलको इन्जुरी समयमा सावित्राले पेनाल्टीमा एक गोल गरेपनि नेपाल ३-२ ले पराजित हुन पुग्यो ।  सरु लिम्बुको बल उज्वेकिस्तानका खेलाडीले ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।  खेलमा हारेपछि  नेपालले पुनः इतिहास रच्ने अवसरबाट चुकेको छ । पटक पटक फाइनल पुग्दै आएको नेपाली महिला टिम नादेझ्दा कपको फाइनलमा समेत चुकेको छ । यस अघि नेपालले साफ च्याम्पियनसिप ४ पटक, साग २ पटक  र हिरो महिला गोल्डकपमा एक पटक फाइनल पुगेर पनि उपाधि जित्नबाट बन्चित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here