गुन्डागर्दीमा संलग्न साजन गुरुङ पक्राउ

251

काठमाडौं / तारकेश्वर नगरपालिका गोलढुंगामा प्रहरीको शुक्रबार साँझ गोली प्रहारबाट एक व्यक्ति घाइते भएका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले गुन्डागर्दीमा संलग्न साजन गुरुङलाई पक्रन खोज्दा भागेपछि गोली प्रहार भएको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले गोलढुंगास्थित फूलबारी रेस्टुराँबाट पक्रन खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको जानकारी दिए ।

घाइते गुरुङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ । धादिङ घर भएका गुरुङ लामो समयदेखि गुन्डागर्दीमा संलग्न हुँदै आएको प्रहरीको जिकिर छ । उनको साथबाट एकथान कटुवा पेस्तोलसमेत बरामद गरिएको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here