एएफसी यु-१६ नेपाल ७ गोलले पराजित

138

एजेन्सी एएफसी यु-१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले पराजित भएको छ ।

नेपाललाई आयोजक जोर्डनले ७-० गोलले पराजित गरेको हो। एक पक्षीय खेलमा जोर्डनका लागि अब्देल क्वदेरले ह्याट्रिक गरे। उनले २०, ४२ र ४४ मिनेटमा गोल गरे। यस्तै अहमद हेम्यानले १६, अली अहमेदले १९, मोहमद खलेदले ४२ र सराज मुनीरले ८० मिनेटमा गोल गरे। खेलपछि नेपालले चार मिनेटमा तीन खाएकाले दबाब परेको प्रशिक्षक सुनील श्रेष्ठले जनाएका छन्। नेपालले अब सोमबार कुवेत, शुक्रबार ताजकिस्तान र आइतबार श्रीलंकासँग खेल्न बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here