समाजवादी पार्टीले संविधान दिवसलाई कुन रुपमा मनाउने बारे आज निर्णय गर्ने

183

काठमाडौँ : समाजवादी पार्टीले असोज ३ लाई संविधान दिवसको रुपमा मनाउने कि विरोध दिवसको रुपमा भन्ने बारेमाआज निर्णय गर्ने भएका छन । पार्टीले त्यसको बारेमा छलफल गर्नका लागि आज बैठक बोलाएको छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा आज बस्ने पार्टीको पदाधिकारी बैठकले संविधान दिवसको बारेमा निर्णय लिने पार्टी प्रचार प्रसार विभागका उपप्रमुख विश्वदीप पाण्डेले बताए । तराई मधेशमा संविधान दिवसमा कालो दिवसका रुपमा मनाउने भनेर विभिन्न संघ संगठन र पार्टीले निर्णय गरिसकेको छ ।

गत वर्ष समाजवादी पार्टीले संविधान दिवसको विरोध पनि गरेको थिएन, न समर्थन गरेको थियो । त्यसले गर्दा पार्टीमा विवाद भएको थियो । यसपटक के गर्ने विषयमा पार्टीले नै निर्णय गरेर सर्कुलर पठाउने बताएको छ ।

साथ बैठकले पार्टीको बाँकी रहेका समायोजनको प्रकृयाका बारेमा पनि छलफल हुने बताइएको छ । नयाँ शक्ति नेपालसँग एकीकरण गरेपछि दुई दलबीच तल्लो तहसम्म समायोजन हुने कार्य चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here