काठमाडौं । अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक)को किनारैकिनार काठमाडौंसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ ।
सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्र्याकमार्फत पाइप बिछ्याएर काठमाडौंमा तेल ल्याउन सम्भव देखाएको हो ।
आइओर्इका पूर्वडिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच–बीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर पाइपमार्फत काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको समाचार आजको नागरिक दैनिकमा छ ।


















