ज्योतिष निराकार न्यौपाने
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा मन्दी आउनेछ । मिहिनेत गर्दा पछि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। परिस्थितिवश आफ्नो कर्मफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । उपहार पाइने सम्भावनाछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । आतिथ्य खर्चिलो बन्न सक्छ। भौतिक सुविधाले खर्च निम्त्याउला। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला, साँझदेखि सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोवारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका साथै सामान हराउन सक्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। भौतिक सुविधाले खर्च निम्त्याउला। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । अचल सम्पत्तिको कारोवार हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । जागिर र कर्म प्रति रुचि बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणीय र सुखद् यात्राको योग छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कर्ममा प्रेरक तत्त्व बढ्नाले कर्मसाधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । प्रेममा सफलता पाईनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्नेछ ।सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । कुविचारमा मन जानेछ । अनावश्यक धन खर्च हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। टाढाका साथीभाइको निम्तो आउनाले यात्रा हुन सक्छ।


















