गुरु पूर्णिमाको अवसर पारेर फिल्म निर्माण घोषणा

1

काठमाडौं । चलचित्र ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ ।  गुरु पूर्णिमाको अवसर पारेर फिल्म निर्माण घोषणा गरिएको हो । फिल्मको निर्देशन सौगात बस्नेतले गर्दै छन् । बस्नेत यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।  उनले यस अघि केही फिल्ममा  मुख्य सहायक निर्देशक भएर काम गरेका छन् ।

घोषणका लागि ‘पञ्चमी’ को एक थिम पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको, माथि त्रिशूल र दुई नाग, शब्दलाई घेर्ने पाँचवटा घेरा, बाहिर नाग अंकित रहस्यमयी लकेट र सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र । यी सबै संयोग नभई पात्रहरूसँग प्रत्यक्ष सम्बन्धित रहेको निर्देशक बस्नेतको धारणा छ।

‘पञ्चमी’ मौलिक कथा नभई एउटा उपन्यासको रूपान्तरण हो, तर निर्देशक बस्नेतले कुन उपन्यास र कुन लेखकको कृतिमा यो आधारित छ भन्ने कुरा अहिले खुलासा गरेका छैनन् ।

कलाकार, पटकथा लेखक वा प्राविधिक टिमबारे हाल केही जानकारी सार्वजनिक गरिएको छैन । आगामी दिनहरूमा बिस्तारै जानकारी सार्वजनिक हुँदै जाने निर्देशक बस्नेतले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here