कमरेड आफ्नो ‘अरिङगाल प्रवृत्ति’छोड्नुहोस् ज्ञानेन्द्र शाही हैन शाह पनि स्वतन्त्र हिँड्न पाउँछन्

457

काठमाडौं : शनिबार नेपालगञ्ज विमानस्थलमा भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेका कारण शाहीलाई नेकपाको कास्की जिल्ला युवा संघ र वाइसीएल नेपालले कास्की प्रवेशमा निषेध गरिएको एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका थिए ।

शाहीलाई कास्की जिल्ला प्रवेशमा रोक लगाएको निर्णय प्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै सांसद थापाले लोकतान्त्रिक गणतन्त्र नेपालमा गल्ती गर्नेलाई विधिले बाँध्नु पर्ने सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘कमरेड १ यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो । ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउँछन् । आफ्नो विचार राख्न पाउँछन् । गल्ति गर्नेलाई विधिले बांध्ने हो निषेध गर्ने होइन ।’

साथै नेता थापाले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को भ्रातृ संगठन युवा संघले जारी गरेको विज्ञप्ति राख्दै सरकारको मति र ‘अरिङगाल प्रवृत्ति’ मा सुधार गर्न पनि सुझाव दिएका छन् । ‘सरकारको गति र मति ठिक पार्नुहोस् आफ्नो ‘अरिङगाल प्रवृत्ति’ छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफैं परास्त हुन्छन्’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here