राष्ट्रपतिलाई कालो झण्डा देखाउनेहरुमाथि ‘अभद्र व्यवहार’को मुद्दा लगाइयो

271

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीलाई इन्द्रजात्रामा कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका ६९ मध्ये १० जनालाई प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाउने तयारी गरेको छ ।

अनिल बस्नेत, नारायण अर्याल, हरिनारायणप्रसाद शाह, राजेश तामाङ, रघुराज राजभण्डारी, माधव गुरागाईं, कृष्ण खड्का, पारुहाङ उजुमी राई, कविरसिंह बस्नेत र रविन्द्र कार्की प्रहरी हिरासतमा छन् । पक्राउ परेकामध्ये ५१ जनालाई रिहा गरेको छ ।

१० मध्ये ४ जनालाई सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको छ । सर्वोच्चले रिटको सुनुवाई गर्दै तीन दिनभित्र पक्राउ परेकालाई अदालतमा हाजिर गराउन आदेश दिएको छ ।

बाँकी ६ जनालाई बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएको सम्पदा संरक्षण अभियन्ता सिर्जना वाग्लेले जानकारी दिएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here