आज नेकपा सचिवालय बैठक बस्दै

258

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रवास कमिटी, लेखा आयोग, अनुशासन आयोग तथा जेष्ठ नागरिक मञ्चको नेतृत्व चयनलगायतका विषयमा छलफल हुने जनाइएको छ।

यसैगरी प्रदेश २ कमिटिको सपथ समारोहमा भएको झडपको विषयले पनि आज सचिवालय बैठकमा प्रवेश पाउने जनाईएको छ । प्रदेश २ अन्तर्गत सिरहा र सप्तरीका जिल्ला कमिटी सदस्यको सपथग्रहण समारोहमा विवाद र झडप भएको थियो।

भदौं २५ गते बर्दिबासमा आयोजना गरिएको सपथग्रहण समारोहमा दुई पक्षबीच झडप हुँदा नेतृत्वविरुद्ध नाराबाजी र कुर्सी तोडफोडसमेत भएको थियो। उक्त घटनाका बारेमा विस्तृत जानकारी गराउन सचिवालय बैठकले अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई निर्देशन दिईसकेको स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here