पदक पाउनेमा प्रधानमन्त्रीका निजी डाक्टर नै बढी

329

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा डा.दिव्यासिंह शाह नेपालकै दोस्रो ठूलो पदवी सुप्रसिद्ध प्रवल जनसेवा श्री–प्रथम श्रेणीबाट विभूषित हुने भएकी छन् । चौथो संविधान दिवसमा सरकारले प्रदान गरेको विभिन्न मानपदवी, अलंकारबाट विभूषित हुने ३३ स्वास्थ्यकर्मीमध्ये चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा कार्यरत चिकित्सकको बाहुल्य देखिएको छ ।

सरकारले ३३ जना स्वास्थ्य क्षेत्रका व्यक्तित्वलाई यस्तो सम्मानद्वारा विभूषित गरेको छ । डा.शाहसँगै प्रधानमन्त्री ओलीले हालै उपचार गराएका सिंगापुरस्थित नेसलन युनिभर्सिटी अस्पताल, भारतको म्याक्स अस्पताल, ओपोलो अस्पतालका चिकित्सकहरूसमेत सोही पदवीबाट विभूषित हुने सूचीमा परेका छन् ।

प्रा.डा.अनन्तरमण भाटशाला सिनियर कन्सलटेन्ट, नेफ्रोलोजिस्ट नेसनल युनिभर्सिटी अस्पताल सिंगापुर, प्रा.डा. अनन्तकुमार अध्यक्ष युरोलोजी युरो अंकोलोजी रोवटिक एन्ड रिनल ट्रान्सप्लान्ट एमएक्स ग्रुप अफ हस्पिटल नयाँ दिल्ली, डा.राजिवकुमार शर्मा अध्यक्ष इन्स्टिच्युट अफ अडल्ट रिजोस्टक्सन स्पोर्ट इन्जुरी एन्ड जोइन्ट रिप्लेसमेन्ट नयाँ दिल्ली, डा.हर्ष दुवा प्रमुख डिपार्टमेन्ट अफ अंकोलोजी अपोलो अस्पताल रहेका छन् । विभूषित हुने विदेशी संस्थाका चिकित्सकमध्ये धेरैजसो प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक हुन् ।

त्यसबाहेक वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले तेस्रो ठूलो पदवी सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट विभूषित हुने भएका हुन् । आइओएमबाट डा.कोइरालासँगै डा.उत्तमकुमार शर्मा, डा. प्रेम ज्ञवाली, प्राडा। रामकुमार घिमिरे, डा. शर्मा पौडेल, डा. रत्नमणि गजुरेल, डा.उत्तम श्रेष्ठ, डा. रमेशसिंह भण्डारी, डा. पलेस्वाँ जोशी लाखे, प्रा.डा.नगेन्द्रबहादुर केसी, लेखा अधिकृत उमा पाण्डेसमेत विभूषित भएको आजको सौर्य दैनिकमा यसिमा महतले समाचार लेखेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here