प्रधानमन्त्रीबाट जन्मदिनको शुभकामना ! राष्ट्रकवि घिमिरे १०१ वर्षमा प्रवेश

407

काठमाडौं / साहित्य सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश गरेका छन् । वि.सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् ।

घिमिरे दीर्घजीवन ज्युने साहित्य सर्जकमध्ये एक हुन् । अघिल्लो वर्ष उनको स्वास्थ्यमा समस्या आएको थियो । भारतबाट उपचार गरेर फर्किएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।

जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

घिमिरेको जन्मदिनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै घिमिरेबाट देशले अझै सिर्जना प्राप्त गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

ओलीले एक ट्विट गर्दै लेखेका छन्–नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here