‘सी विचारधारा’ को परीक्षण नेपालबाट सुरु

241

काठमाडौं । चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तरक्रिर्या गर्ने क्रमको थालनी नेपालबाट गरेको छ । यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुवै देशमा कम्युनिष्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनकै नाममा अगाडि सारिएको कार्यादिशामाथि पार्टीगत अन्तरक्र्रिया गरिएको हो । तत्कालिन एमाले र माओवादी पार्टीबीच एकीकरण भएपछि पनि छुट्टाछुट्टै माध्यमबाट आपसी सम्बन्ध रहँदै आएकामा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच मंगलबार औपचारिक समझदारीसमेत भएको छ ।

नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले पार्टीगत सहयोग, भ्रमण आदानप्रदानसँगै विचार आदानप्रदानका विषयमा समझादारीमा हस्ताक्षर गरेको दुर्गा खनालले कन्तिपुर दैनिक समाचार लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here