भारतसँगको खुला सिमानाको कारण शान्तिसुरक्षा कायम गर्न समस्या भयोः मुख्यमन्त्री राउत

201

काठमाडौं । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाको कारण शान्तिसुरक्षामा समस्या भएको बताएका छन् । शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको दोस्रो दिन शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबै जिल्ला भारतसँग जोडिएको र शान्तिसुरक्षा कायम गर्न चुनौति रहेको बताए ।
सरकारको पहिलो प्राथमिकता शान्तिसुरक्षा रहेकाले यसको लागि संघ, प्रदेश र स्थानीय तह सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा उनले जोड दिए ।
त्यस्तै गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यस्तो गोष्ठीले शान्तिसुरक्षालाई थप मजबुत बताउँने बताए । यो गोष्ठीले प्रहरीका लक्ष्यलाई प्राप्त गर्न सहयोग गर्ने खनालको भनाई थियो । गोष्ठी गृहमन्त्रालय र प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here