दशैंको अवसरमा नेपाल प्रहरीद्धारा निःशुल्क बस सेवा

218

काठमाडौं / नेपाल प्रहरीले पनि दशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।

महाअष्टमी, महानवमी र विजयादशमीको दिन प्रहरीले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो ।

प्रहरी प्रधान कार्यालयले जानकारी दिए अनुसार दुई वटा रुटमा प्रहरीको बस सञ्चालन हुने भएको छ । ती बस बिहान ११ बजेदेखि ४ बजेसम्म चल्नेछ ।

दशैंको अवसरमा नेपाली सेना र सशस्त्र प्रहरी बलले पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here