चीन र भारतले विवेक नपुर्याए एशियाबाहिरका शक्तिले अनुचित लाभ सक्ने खतरा

80

एजेन्सी / चीन र भारतबीच स्थायी रुपमा सम्बन्धको विकास र सहयोग विना एशियाको उदय असम्भव रहेको विषयलाई दुवै देशले आत्मसाथ गरेका छन् । चीनको विदेश सम्बन्धको आधिकारिक धारणा बाहिर ल्याउने पत्रिका ग्लोबल टाइम्सले दुवै शक्तिले विवेकपूर्वक द्धिपक्षीय सम्बन्ध संचालन नगरे यो क्षेत्र बाहिरको शक्तिले अनुचित लाभ उठाउन सक्ने खतरा औल्याएको छ ।

‘यदि चीन र भारतले विवेकपूर्वक द्धिपक्षीय सम्बन्धको अभ्यास नगरे अहिलेको दुई देशबीचको झुकावबाट यस क्षेत्रबाहिरको शक्तिले अनुचित लाभ लिन सक्छन्,’ ग्लोबल टाइम्सले लेखेको छ, ‘चीन र भारतबीचको दीगो सम्बन्ध र सहयोगविना एशियाको उदय असम्भव देखिन्छ ।’

चीन र भारतबीचको साझेदारीले विश्वभर प्राथमिक भूमिका निभाइरहेको उल्लेख गरेको छ । पश्चिमाहरुले एशियाको शताब्दीलाई चीन केन्द्रित शताब्दी भनी गलत व्याख्या गरेको ग्लोबल टाइम्सले लेखेको छ । देङ स्याओ पिङको भनाई उदृत गर्दै एशियाको शताब्दी भनेको चीन, भारत र यस क्षेत्रका अन्य देशहरुको विकास हो भन्ने तर्क गरेको छ । यदि चीन र भारतले आफ्ना असमझदारी अन्त गरी नयाँ समझदारी विकास गरेमा वास्तविक एशियाको शताब्दी स्थापित हुने उल्लेख छ ।

ग्लोबल टाइम्सले चीन र भारतबीच समझदारी र आपसी समन्वयमा जोड दिएको छ । यसो भएमात्र एशियाको वास्तविक विकास र प्रभाव संसारभर देखिने उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here