काठमाडाैं / चिनियाँ राष्ट्रपति सी जिनपिङको बिदाईका लागि बिछ्याइएकाे रेड कार्पेटमा सर्प आएको छ ।
सी विमानस्थल पुग्नु केही मिनेट पूर्व सर्प कार्पेटमा आएको हो । सीको सम्मानका लागि तयारी अवस्थामा राखिएको कार्पेटमा सर्प हिडेपछि सुरक्षाकर्मीले लखेटेका थिए ।
यस्तै तरिकाले केही समय अघि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीका लागि राखिएको रेड कार्पेटमा पनि सर्प हिडेको थियो । राष्ट्रपति भण्डारी गत चैतमा अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्कदा उनको स्वागतका लागि विछ्याइएको रेड कार्पेटमा सर्प हिडेको थियो ।

















