कांग्रेसका नेता मोहम्मद आलम पक्राउ

222

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । सांसद आलम आइतबार बिहान रौतहटको गौरबाट पक्राउ परेका हुन् ।

सांसद आलम ०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ ।

उनी रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सा‌ंसद हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here