कपिल श्रेष्ठ, अधिवक्ता दिनेश त्रिपाठी, इन्द्र अर्याल, महामुनी आचार्य लगायत अन्य केही नेपाली कांग्रेस निकट अधिकारकर्मी र वकिलको समुहले चिनियाँ राष्ट्रपतिलाई शनिबार कालो झण्डा देखाउने योजना बनाएकोे हो।
यी व्यक्तिहरु माथि मानवअधिकारको नाममा पश्चिमा राष्ट्रबाट रकम ल्याई देशमा अस्थिरतालाई मलजल गर्ने गरेको आरोप लाग्दै आएको छ।
अर्यालको एनजियोले निर्मला हत्याकाण्ड प्रकरणमा स्थलगत भ्रमण भन्दै जथाभावी रिपोर्ट बनाई घटनालाई अन्तराष्ट्रियकरण गर्न विभिन्न आइएनजियोबाट रकम पनि लिएको सुत्रले जनाएको छ।


















