तत्काल मन्त्रिमण्डल पूनर्गठन हल्लामात्रै : प्रधानमन्त्री ओली

276

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पूनर्गठनको हल्ला चलिरहने तर त्यसमा कुनै सत्यता नभएको जिकिर गरेका हुन् ।

प्रधानमन्त्रीले भने,‘मन्त्रिमण्डल पूनर्गठनको हल्ला चलिरहन्छ । यो हुनपनि सक्छ । नहुनपनि सक्छ । मन्त्रिमण्डल हेरफेर त आवश्यकत्ता हेरेर हुन्छ ।’ उनले मुलुकमा धेरैपछि राजनीतिक स्थायित्व प्राप्त भएकोले जनताको आकांक्षाअनुसार विकास र समृद्धि हाँसिल गर्नको लागि सबै मिलेर जाने पनि विश्वास दिलाए ।

उनले भने, अब मुलुकमा विकास हुन्छ । सुशासनपनि कायम हुन्छ । सरकारलाई अन्तर्राष्ट्रिय क्षेत्रले यत्रो समर्थन गरेको छ । नेपाली नजताले त समर्थन छँदैछ । ’ ओलीले अब देशमा कायापलट हुने जनाए  । ‘विकासको यात्रामा मुलक अघि बढिसकेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here