क्षेत्रीय सन्तुलनका लागि सार्कलाई सक्रिय बनाउन आवश्यक

168

-राज्यलक्ष्मी शाक्य

चीनका राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने भ्रमण सम्पन्न गरेर फर्किएपछि पनि उनको भ्रमणका समाचारहरू नेपाली छापा माध्यमहरूमा आउने क्रम रोकिएको छैन । भारत–पाकिस्तानबीचको विवाद उत्कर्षमा पुगिरहेका बेला चीनका राष्ट्रपति सीको भारत र नेपालको भ्रमणले निश्चय पनि यो क्षेत्रमा शान्तिको आशा पलाएको छ । भारत र पाकिस्तानबीचको द्वन्दको विषयमा काश्मिर क्षेत्रको विषय बनेको हो । काश्मिरका जनतालाई स्वतन्त्रता दिने कुरामा भारतीय शासकहरूको सहमति नभएका कारणबाट बृटिश शासकहरूबाट भारत स्वतन्त्र भएदेखि नै काश्मिरमा भारतीय प्रभुत्व कायम रहेको छ । भारतीय शासकहरूले हालसम्म काश्मिरी जनतामाथि गर्दै आएको दुव्र्यवहारको उत्कर्ष रूपमा अहिले देखिएको छ । यस्तो अवस्थामा विश्वशक्तिका रूपमा उदियमान रहेको चीनका राष्ट्रपतिको यो क्षेत्रको भ्रमणले आशा जगाएको छ ।

हाल सार्क राष्ट्रहरूको अध्यक्षको हैसियतमा नेपाल रहेको छ । नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाइ बहुमतको सरकार रहेको वर्तमान नेपालको अवस्था एउटा बलियो शक्तिको रूपमा देखिन्छ । देशभित्रको शक्तिलाई सुदृढ बनाएर, आन्तरिक एकता कायम गरेर सरकारले क्षेत्रीय सन्तुलनको चासो देखाउन आवश्यक छ । यसतर्फ सरकारको ध्यानाकर्षण पाईदैन । पाकिस्तानमा हुने भनिएको १९ औं सार्क शिखर सम्मेलन भारतले बहिस्कार गर्ने निर्णय गरेपछि एकातिर सार्क सम्मेलन अवरुद्द भएको छ भने अर्काेतर्फ काश्मिरमा भारत सरकारको ज्यादतिले उत्कर्ष रूप धारण गरेको छ । यस्तो अवस्थामा सार्ककको महत्व झनै बढेको महसुस गर्न सकिन्छ ।

सार्क सम्मेलन भारतको मात्र चासोको विषय होइन । यो क्षेत्रमा अशान्त हुनु भनेको विश्व युद्धको संकेत पनि हुन सक्दछ । त्यसैले सार्कलाई सक्रिय तुल्याउन विश्वका शक्ति राष्ट्रहरूको भूमिका आवश्यक हुन्छ । आपसमा कटुताभाव अन्त्य गर्न सामूहिक छलफलको थलो आवश्यक हुन्छ । त्यसैका लागि यो क्षेत्रका लागि सार्कको आवश्यकता हो । भारतका कारण अफगानिस्तान तथा माल्दिभ्सले पनि सार्क शिखर सम्मेलनमा सहभागिता नजनाउने निर्णय गरेका थिए । यसैबाट बुझ्न सकिन्छ भारतको प्रभाव विस्तारको बदनियत कहाँसम्म छ भन्ने कुरा ।

दक्षिण एशियाली मुलुकहरूमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले सन् १९८५ मा ढाकामा स्थापना भएको सार्क संगठन स्थापनाको तीन दशकभन्दा बढी समय पुगिसक्दा भारतकै स्वार्थका कारण प्रत्येक दुई वर्षमा हुने सार्क सम्मेलन धेरैपटक प्रभावित भएको छ ।

सार्क स्थापनाको उद्देश्य क्षेत्रीय सहयोग कायम गर्ने भनिए पनि अधिकांश सार्क सम्मेलनमा भारतकै प्रभुत्व र प्रभाव हुँदै आएको थियो । यसअघि नेपालमा सम्पन्न सम्मेलनमा पनि कुनै महत्वपूर्ण एजेन्डामा छलफल हुनेभन्दा पनि भारतीय प्रभानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीचको कुराकानीमै मात्र केन्द्रित रहेको थियो । नेपाल अध्यक्ष रहेको सार्कको वर्तमान अवस्थामा नेपालले आफ्नो हैसियत देखाउन नसक्ने अवस्था भएबाट पनि सार्क भारतको दादागिरी प्रदर्शन गर्ने थलो थियो भन्ने स्पष्ट हुन्छ । तैपनि यो संगठनलाई तहसनहस बनाएर काश्मिरमा देखाएको तानाशाही व्यवहारले भारतको प्रजातान्त्रिक मुखौटो सार्वजनिक भएको छ । [email protected] जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here