विद्यालयबाट घर फर्किदै गरेकी १४ वर्षीया किशोरीमाथि बलात्कार

171

उदयपुर /  विद्यालयबाट घर फर्किदै गरेकी १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार साँझ प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका-१६ सिम्ले बस्ने २२ वर्षीय राम कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा सोही ठाउँस्थित रातापानी भन्ने स्थानमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here