परिवारसँग बसेर त्यो गीत सुन्न सक्नुहुन्छ ? – सञ्चारमन्त्री बास्कोटा

190
काठमाडौं  / सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाली समाजको आफ्नै मौलिकपन रहेको जानकारी दिँदै  स्वतन्त्रताका नाममा नेपाली समाजको मूल्य मान्यता  विपरीत  काम नगर्न आग्रह गरेका छन् ।
मन्त्री बास्कोटाले कलाकारिता, साहित्यलगायतका विधाहरूमा भाषाको प्रयोग अनुशासित हुनुपर्ने जनाएका छन् । र्‍यापर भिटेनलाई पक्राउ गर्ने प्रहरीको कदम सही रहेको जनाएका हुन् ।  भाषा देशको पहिचान भएको भन्दै कलाकारले भाषिक अनुशासन अपनाउनुपर्ने र त्यसो नगर्नेलाई कानूनले नछाड्ने समेत उनले जनाए ।
सरकारका प्रवक्ता समेत रहेका  सञ्चार मन्त्री बास्कोटाले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा भिटेन पक्राउबारे सञ्चारकर्मीले गरेको प्रश्नमा उनले उक्त गीत परिवारसँग बसेर सुन्नै नसक्ने जनाएका हुन् ।
मन्त्री बाँस्कोटाले कलाकारिता समाजको ऐना भएको जनाउँदै   ‘दिदी, बहिनी, दाइ, भाइ, आमा र परिवारसँग बसेर तीनले गाएको गीत सुन्नुस् । कतिको समर्थन राख्नुहुन्छ ? कतै अनुहार लाजले रातोपिरो हुन्छ कि ? ’ भनेर प्रश्न गरे ।
भाषाको गलत प्रयोग गरेको आरोपमा दुईजना गायक पक्राउ परेका छन् ।  गीतमा बियर, गाँजा जस्ता शब्द प्रयोग गरेको आरोपमा गायक दुर्गेश थापा पक्राउ मंगलवार परेका थिए भने बिहीवार बिहान भीटेन भनिने समिर घिसिङलाई पनि त्यस्तै आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here