मेरो गिरफ्तारी असान्दर्भिक छ, कानूनी राज्यको अवधारणाको उल्लंघन हो : आलम

220

रौतहट / पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुर फरदहवामा भएको बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलमले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै आफ्नो गिरफ्तारी असान्दर्भिक भएको जनाएका छन् ।

म्याद थपका लागि शुक्रबार अदालत उपस्थित गराउने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आलमले आफूलाई झुटो मुद्दामा फसाइएको दाबी गरे ‘मेरो गिरफ्तारी असान्दर्भिक छ, कानूनी राज्यको अवधारणाको उल्लघन हो’, उनले भने, ‘मेरो गिरफ्तारी राजनितिक प्रतिशोधबाहेक अरु केही होइन ।’

आलमलाई २६ असोजमा पक्राउ गरिएको थियो । अदालतले थप ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here