५० हजार घुससहित ल्याब टेक्निसियन पक्राउ

37

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका  ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छैठौं तहका अधिकृत  (ल्याब टेक्निसियन ) लेखनाथ भट्टराईलाई घुससहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई संखुमुलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरि दिने भन्दै ५० हजार घुस लिएको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here