जुवातास खेलिरहेको अवस्थामा १ सय १४ पक्राउ 

273

काठमाडौं / देशका विभिन्न स्थानबाट  जुवातास खेलिरहेकाे अवस्थामा  १ सय १४ जना पक्राउमा परेका छन् ।

शंखरापुर नगरपालिका-६ सिर्जनसिल संस्थाको छाप्रोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने श्रीकृष्ण डंगोलसमेत ६ जनालाई नगद ३४ हजार २ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कीर्तिपुर नगरपालिका-३ ढाल्पामा कौडा खेलिरहेको अवस्थामा ३८ जनालाई नगद १५ लाख ५४ हजार ६ सय रुपैयाँ र १६ थान कौडा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  साथै  काठमाडौं महानगरपालिका-३२ बस्ने २६ वर्षीय दिपक धितालको बिएण्डडी क्याफेमा जुवातास खेलिरहेको अवस्थानमा संचालक धिताल लगायत ८ जनालाई नगद ६३ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यसका साथै भक्तपुर जिल्लाकाे भक्तपुर नगरपालिका-९ सूर्यमणिमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय रामगोपाल प्रजापती लगायत ७ जनालाई नगद १ लाख २५ हजार ८ सय ६५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

लमजुङ, बेशीशहर नगरपालिका-११ चितिस्थित सूर्यसिंह क्षेत्रीको कुखुरापालनको लागि बनाइएको टहरामा कौडा खेलिरहेको अवस्थामा २५ जनालाई नगद २ लाख १६ हजार ४ सय ३० रुपैयाँ र ३२ थान कौडा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कास्की, पोखरा महानगरपालिका-१७ सांग्रिला चोक बस्ने बिजयप्रसाद आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका बिरौटा बस्ने ५८ वर्षीय शिव जी बराल लगायत १० जनालाई नगद १ लाख २४ हजार ९ सय ५५ रुपैयाँ, कौडा र तास सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मोरङ, बिराटनगर महानगरपालिका-८ स्थित कौडा खेलिरहेको अवस्थामा १० जनालाई नगद २ लाख १० हजार ६ सय १० रुपैयाँ र १६ थान कौडा सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-३ स्थित कौडा खेलिरहेको अवस्थामा १० जनालाई ४ लाख ४९ हजार ६ सय ३५ रुपैयाँ र १६ थान कौडा सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here