मिर्गौलाले काम गर्न छाड्यो, नियमित डायलासिस गर्नुपर्ने भयो: प्रधानमन्त्री

81

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलले आफू सिकिस्त नभएको  जनाएका छन् । तर मिर्गौलाले राम्ररी काम नगरेको र नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे  दुईवटा विकल्प मात्रै  रहेको जानकारी गराएका छन्।

सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अबस्था छ। फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन पनि सक्छ।’

प्रधानमन्त्रीले भने , आज या भोलि फेरि अर्को डायलाइसिस गर्नुपर्नेछ, ‘तर म एकदमै सिकिस्त छैन।’ नियमित डाइलाइसिस गर्नुपर्ने भए साताको तीनचोटी गर्नुपर्ने ओलीले जानकारी दिए।

आफ्नो मिर्गौलाले राम्ररी काम नगरेको र फोक्सोमा पानी जमेको उल्लेख गर्दै उनले आइतबारसम्ममा सबै रिपोर्ट आइसक्ने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here