जापानकाे टोकियोमा नेपाल सम्बत ११४० तथा सामुहिक म्ह पूजा मनायाे

678

टोकियो / जापानमा क्रियाशिल संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले गत शनिवार नेपाल सम्वत ११४० शुभकामना आदनप्रधान तथा सामुहिक म्ह पूजा कार्यक्रम सम्पन्न गरेको छ । टोकियो कोउतोकु स्थित दान्चीहलमा सम्पन्न यस कार्यक्रमा नेवार मात्र नभएर अन्य जातको लगायत जापानीहरूको पनि सहभागी रहेको थियो ।

कार्यक्रमको सुरूवात नेपाल सम्वतको प्रवर्तक समाजसेवी शंखधर शाख्वको तस्बिरमा माल्यार्पणसँगै दीप प्रज्जवलबाट गरिएको थियो । संस्थाको संस्थापक अध्यक्ष माधव नारायण मानन्धरद्धारा नेपाल सम्वत ११४० को शुभकामना व्यक्त गर्दै म्ह पुजामा सहभागी हुन आउने सबैलाई स्वागत गर्नुभएको थियो । त्यस लगतै नेवारी परम्परा अनुसार म्ह पुजा सुरू भएको थियो । बयस्क र बालबालिका सहित गरेर झण्डै साठी जनाको सहभागिता रहेको यस सामुहिक म्ह पुजालाई दुई चरणमा गरिएको थियो । नेवारी खाना र पियपदार्थको समेत व्यवस्था भएकोले नेपालमै बसेर नेवारी भोज खाँदै म्ह पुजा गरेको जस्तो जस्तो अनुभव भयो अमेरिकाबाट केही समयको लागि जापान आउनुभएकी रमिता (बदे) श्रेष्ठले जनाउनुभयो । नेपाली मध्येको नेवार जातीको यो परम्परा जहाँ शरीरको पुजा गरिन्छ पहिलो पटक अनुभव गर्न पाए , टोकियो बाहिर गिफुबाट सहभागी हुन आएकी जापानिज आगन्तुक कियोमी आमानोले जनाउनुभयो ।

कार्यक्रममा सधै सहभागी हुने आगन्तुकहरू रमाउने त भएनै पहिलो पटक सहभागी हुने आगन्तुकहरू पनि निकै उत्साहित देखिन्थे । जापानमा पनि यसरी सामुहिकरूपमा म्ह पुजा गर्न पाउँदा नेपालको न्यास्रोपन हटेको छ भन्दै आयोजक संस्थालाई धन्यवाद दिएका थिए । कार्यक्रमको अन्तिम चरणमा नेवारी गीत संगितमा नाचगान गरी निकै रमाईलो साथ यस वर्षको म्हँ पुजा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल एक बहु—भाषिक, बहु—जाति अनि बहु—संस्कृतिले सम्पन्न देश हो । त्यस मध्ये विभिन्न कला संस्कृतिले धनि नेवार समुदयाको स्वन्ती (तिहार) अथवा म्ह पूजा एक ठूलो पर्व हो । म्ह पूजा अर्थात आफ्नो जिऊ शुद्द गर्ने हेतुले आफु लगाएत स—परिवार तथा आफन्तजनको पुजा गर्ने गरिन्छ ।


म्ह पूजा देखि नेपाल संवत अर्थात नयाँ वर्ष पनि यसै दिनबाट सुरू हुन्छ । जापानमा रहेर पनि आफ्नो कला संम्कृतिलाई जगेर्णा गर्नुपर्छ , आफ्नो सन्ततीलाई पनि देखाउन र सिकाउनुपर्छ साथै नेवार समुदायलाई मात्र होईन अन्य जातजतिका नेपाली र जापानीलाई समेत परिचय दिँदै जानुपर्छ भन्ने उदेश्य सहित यस संस्थाको स्थापनाकाल देखिनै हरेक वर्ष गर्दै आएका छौ संस्थाको अध्यक्ष दीपरत्न शाक्यले जनाउनुभयो ।

म्ह पुजाको दिनमै यो कार्यक्रम किन नगरेको भन्ने प्रश्नमा ः — नेपालमा गरिने दिनैमै गर्दा बिदेशमा बिदा मिलाउन धेरैलाई समस्या हुने र सहभागिता कम हुने , साथै त्यस दिन धेरैले आफ्नै घरमा पनि गर्ने भएकोले सहभागीहरू संख्या न्युन हुने भएको र बिगतमा नेपालमा गरेकै दिन गर्दा खासै व्यक्तिहरू सहभागी नभएको तितो अनुभव समेत रहेकोले तिथि अनुसारको दिनमा नगरेर म्हँ पुजा सकिएको पहिले शनिवार या आईतवार गर्ने गरेको संस्थाको महा सचिव शिव तण्डुकारले जनाउनुभयो ।

नेवाः अन्तराष्ट्रिय फोरम जापानले वर्षै भरी विभिन्न संस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ । म्ह पुजा बाहेक दशैं कार्यक्रम , बुद्ध जयन्ति कार्यक्रम, क्वाटी पुन्ही कार्यक्रम गर्ने गरेको छ । साथै नेवारी परम्परामा बालिकाहरूलाई गर्नुपर्ने बेल विवाह अर्थात “इही” कार्यक्रम पनि गर्ने गरेको जानकारी संस्थाकी निवर्तमान अध्यक्ष गंगा डंगोलले दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here