कपिलबस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

245

-नारद कोहार

कपिलबस्तु /  कपिलबस्तु जिल्लामा उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत कार्यालयको उद्घाटन गरिएको छ । यहि मंसिर १४ गते हुने उप निर्वाचनका लागि सो कार्यालय संचालनमा  आएको हो ।

शिवराज नगरपालिकाको वडा नं १० मा अध्यक्ष पदका लागी मंसिर १४ मा हुने उप निर्वाचनका लागि निर्वाचन हुने भएपछि कार्यालय संचालनमा आएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस लोकजंग शाहले जनाए ।  निर्वाचन मिति निजिकिदै गर्दा निर्वाचन कार्य सम्पादनका लागी कार्यालय संचालन भएको शाहले जनाए ।

वडा नं। १० को निर्वाचनमा मनोनय पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन कार्तिक २७ गते, उम्मेदवारको विरोधमा उजुरी दिने कार्तिक २८ गते, मनोनय पत्र र उजुरी उपर जाच बुझँ कार्तिक २९ गते, मनोनय भएको उम्मेदवारको नामावली प्रकाशन कार्तिक २९ गते, उम्मेदवारले नाम फिर्ता लिने कार्तिक ३० गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्तिक ३० गते,उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान मंसिर १ गते र मतदान मंसिर १४ गते गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचान अधिकारी अयोध्या प्रसाद अधिकारीले जनाए ।

कार्यालयले मतदान पश्चात मतगणना, नतिजा घोषणा ,विजेता घोषणा लगायतको काम गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here