कालापानी, लिपूलेक क्षेत्र स्वतः नेपालका अविभाज्य भूभाग हुन् : डा.भट्टराई

545

काठमाडौं  / समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले  नेपाली भूभाग माथि भारतले हैकमवाद लादेकोमा विरोध जनाएका छन् ।

 नयाँ नक्सा सार्वजनिक गर्ने भारतको कदम स्वाभिमानी नेपालीलाई सह्य नहुने डा.भट्टराईले उल्लेख गर्दै कालापानी, लिपूलेक क्षेत्र नेपालको भएको तथ्य प्रस्तुत गरेका छन् ।  उनले नेपाल सरकारको कदमको पनि आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, लिम्पियाधुराबाट निस्कने महाकाली नदी नेपालको पश्चिमी सीमा भएको सुगौलीसन्धीबाट स्थापित ध्रुवसत्य हो,’ ‘त्यसभन्दा पूर्वका कालापानी, लिपूलेक क्षेत्र स्वतः नेपालका अविभाज्य भूभाग हुन् ।

भट्टराईले नेपालप्रति आवश्यक उदारता नदेखाएको निष्कर्षसहित भनेका छन्, ‘ठूलो आकारको छिमेकी देश हुनाले उसले नै यस मामिलामा बढी उदारता देखाउनुपर्ने हो । वार्ताद्वारा सत्यतथ्यका आधारमा शीघ्र यो समस्या हल होस् ।’

भारतीय कदमपछि नेपाल सरकारले जारी गरेको बेनामे पत्रको पनि उनले आलोचना गरेका छन् ।

‘चरम ‘राष्ट्रवाद’को डंका पिटेर दुईतिहाई पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला ?,’ भट्टराईले प्रश्न गर्दै भनेका छन्, ‘के त्यो हस्ताक्षर हो ?  हात (वा आँत ?) किन काँपेको होला ? अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो ? इँजार फुस्क्यो है ! ’

बाबुरामले  लेखेः सरकारको इँजार फुस्क्यो है !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here