प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, डायलासिस गर्नु नपर्ने

174

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

चिकित्कसहरुले उनको छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलासिसको खाँचो नरहेको जनाएका छन् ।

प्रधानमन्त्रीकी निजी चिकित्कस डा. दिव्या सिंहले छातीमा रहेको पानीको मात्रा सुकेको र स्वास्थ्यमा सुधार हुँदै गएकाले तत्काल डायलाइसिस गर्नुपर्ने अवस्था नभएको जनाएकी छन् । उनको बीच–बीचमा स्वास्थ्य परीक्षण गरिने र त्यतिबे समस्या देखियो भने मात्रै फेरि डायलाइसिस गर्नुपर्ने डा. सिंहले जनाइन् ।

निजी चिकित्सकहरू डा. सिंह र दिलीप शर्माले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकहरूसँग पनि नियमित परामर्श गरिरहेको स्रोतले जनाएको छ ।

ग्रान्डी इन्टरनेसनल अस्पताल र टिचिङस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टबारे पनि उनीहरूले त्यहाँका चिकित्सकसँग परामर्श गरिरहेको जनाइएको छ ।

गत साउन र भदौमा सिंगापुरको सो अस्पतालमा प्रधानमन्त्रको प्लाज्मा फेरेसिस गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here