कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ  

330

नबलपरासी / कुटपिट गरी हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका-१३ बस्ने ३० वर्षीय महेश्‍वर प्रसाद बानियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

प्रतापपुर गाउँपलिका-९ खैरहनीमा शनिबार लागेको रासलिला मेलामा सोही गाउँपालिका-१ भिठ्ठा बस्‍ने ७० वर्षीय लालमन चौधरीलाई बानियाले कुटपिट गर्दा घाइते भएका थिए । घाइते बानियाको स्थानीय मेडिकलमा उपचार पश्चात घरमा लगिएकोमा आइतबार बिहान मृत्यु भएको थियो ।  यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here