ठुलो मात्रामा लागू औषध सहित एक युवक पक्राउ

173

नवलपरासी / वर्दघाट सुस्ता पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टामा ठुलो मात्रामा लागू औषध सहित एक युवक लाई प्रहरिले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको रामपुर नगरपालिका १ बस्ने १८ वर्षिय अवि तामाङ्ग रहेका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका नायब प्रहरी उपरिक्षक एंवम सुचना अधिकृत बिरेन्द्र थापले दिऐको जानकारि अनुसार सुनौलि वाट काठमान्डो तर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बर को यात्रु बाहक बस रोकि चेक जाँच गर्ने क्रममा तामाङ्ग माथि शंका लागि चेक जाँच गर्दा, निजको साथ वाट १ सय ५० एम्पुल डाइजोपाम, फेनारागन १ सय ७५ एम्पुल, १ सय २५ एम्पुल नुफ्रिन र ४८ एम्पुल नाइटृाजेपाम ट्यावलेट, लागू अवषधि सहित पक्राउ गरिऐको अधिकारी थापाले जनाउनुभयाे ।

पक्राउ परेका तामाङ्गलाई कार्यालयमा लाई लागू औषध मुद्दामा आवश्यक अनुसन्धान कार्य भईराखेको थापाले बाउन भऐको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here