अतिक्रमित भुमिमा अनेरास्ववियूले  राष्ट्रिय झण्डा फहरायाे  

305

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूले सीमा सुरक्षाको निम्ती भारतीय सुरक्षा बल (एसएसबी) लाई प्रतिकास गरेको छ ।

इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियू इलाम जिल्ला कमिटीले भारतीय सिमा सुरक्षा वल (एसएसबी) संग प्रतिकार गरि आज शनिवार नेपालको राष्ट्रिय झन्डा फहराएको छ ।

केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाई  निर्माण अवरूद्ध गरि भारतले कव्जा गरेको थियो । सो कव्जा गरेको जमिनमा अनेरास्ववियूले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारसीय सिमा सुरक्षा वल (एसएसबी)ले वल प्रयोग गरेपछि (एसएसबी) अनेरास्ववियूका विचमा सामान्य झडप समेत भएको थियो ।

झडपमा सिमा सुरक्षा वल (एसएसबी) का एक जवान सामान्य घाइते भएका छन ।अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारतद्वारा निसेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन । कव्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस पनि गरेको अनेरास्ववियूका नेता आरसि लामिछानेले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here