लुकिङ्ग ग्लासबारे मोटरसाइक्ल चालकलाई जरुरी सूचना !

65

काठमाडौं / महानगरीय ट्राकिि प्रहरी महाशाखाले मोटरसाइकलमा लुकिङ्ग ग्लास नराख्ने तथा स्वरुप परिवर्तन गरी मोटरसाइकल चलाउनेलाई कारवाही गर्ने भएको छ ।

मोटरसाइकल चालकहरुले पछाडिका सवारी साधनको अवस्थाबारे जानकारी नहुँदा दुर्घटना बढ्ने गरेका कारण सवारी दुर्घटनालाई न्युनिकरण गनै सो कारवाही गर्ने तयारी गरेको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले कात्तिक ३० गतेदेखि लुकिङ्ग ग्लास फोल्ड गने,नराख्ने तथा लुकिङ्ग ग्लासबाट दाँया बाँया नदेखिने गरी राख्ने मोटरसाईकल चालक उपर कारवाही अभियान सञ्चालन गरेकोे जनाएको छ ।

कात्तिक ३०  गतेमात्र ३४५ ओटा मोटरसाईकलाई कारबाही गरीएको जनाएको छ । अझ यस्तै कार्य गरेको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम  कारबाही तथा जरिवाना गरिने महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here