प्रधानमन्त्रीद्वारा ‘एक्शन रुम’ बाटै माथिल्लो त्रिशूली थ्री’ए’को उदघाटन

83

काठमाडौं / माथिल्लो त्रिशूली थ्री ‘ए’ को सोमबार औपचारिक उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित आफ्नो कार्यलयभित्र रहेको   ‘एक्शन रुम’ बाट स्वीच थिचि माथिल्लो त्रिशूली थ्री ‘ए’ को औपचारिक उद्घाटन गरेका हुन् ।

सिंहदरबारबाट प्रधानमन्त्रीले  माथिल्लो त्रिशूली थ्री'ए'को उदघाटनको लागि तस्बिर परिणामकाठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेबाट एकसाथ उदघाटन गरे ।

सिंहदरबारबाट प्रधानमन्त्रीले  माथिल्लो त्रिशूली थ्री'ए'को उदघाटनको लागि तस्बिर परिणाम

आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ । यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो त्रिशुली थ्री ए उद्घटान हुनु भनेको निक्कै खुसीको कुरा रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here