संसारमा सबैभन्दा बढी धेरै चिनी खाने देश

209

एजेन्सी / चर्चित मेडिकल जर्नल ल्यान्सेटमा ग्लोबर बर्डन अफ डिजिज-२०१९ को एक रिपोर्ट हालै प्रकाशित भएको छ । जसमा संसारका १९५ वटा देशका स्वास्थ्य सम्बन्धी विभिन्न आँकडाहरु प्रस्तुत गरिएको छ । ती मध्ये एउटा रोचक आँकडा पनि छ । त्यो हो संसारका विभिन्न देशका जनताले कति चिनी खान्छन् ?

एक तथ्यांक अनुसार इजरायलीहरुले संसारमा सबैभन्दा धेरै चिनी खाने गरेका छन् । सन् २०१८ मा इजरायलमा प्रतिव्यक्ति वार्षिक चिनी खपत ६० किलो थियो । अर्थात् हरेक इजरायलीले प्रतिदिन १६५ ग्राम चिनी खपत गर्दछन् । इन्टरनेशनल सुगर अर्गनाइजेसनको तथ्यांक अनुसार हरेक इजरायली वयस्कले औषतमा हरेक दिन ३० चम्चा भन्दा धेरै चिनी खाने गरेका छन् ।  संसारमा  सर्वाधिक चिनी खपत गर्ने देशको पहिलो नम्बरमा इजरायल रहँदा दोश्रो नम्बरमा मलेशिया रहेको छ । त्यस्तै तेश्रो नम्बरमा बार्बाडोस, चौथोमा फिजी र पाँचौँ नम्बरमा ब्राजिल रहेको छ ।

तथ्यांक अनुसार संसारमा  सबैभन्दा कम प्रतिव्यक्ति चिनी खपत गर्ने देश चाही उत्तर कोरिया हो । एकजना उत्तर कोरियालीले एक वर्षमा औषतमा साढे ३ किलो मात्र चिनी खपत गरेका छन् । जबकी उसको छिमेकी देश दक्षिण कोरियामा प्रतिव्यक्ति वार्षिक चिनी खपत साढे ३० किलो रहेको छ ।देशमा हुने कूल चिनी खपतको हिसाबले चाहीँ भारत पहिलो नम्बरमा रहेको छ । भारतमा वार्षिक रुपमा २ करोड ७५ लाख मेट्रिक टन चिनी खपत भएको छ । दोश्रो स्थानमा चाहीँ युरोपेली युनियनका सबै मुलुकहरुमा हुने समग्र चिनी खपत रहेको छ । युरोपेली मुलुकका सबै मुलुकमा गरी वार्षिक रुपमा १ करोड ८५ लाख मेट्रिक टन चिनी खपत भयो ।

चिनी खपतका हिसाबले चीन तेश्रो स्थानमा रहेको छ । चीनमा वार्षिक चिनी खपत १ करोड ५८ लाख मेट्रिक टन रहेको छ । चौथो स्थानमा अमेरिका, पाँचौमा ब्राजिल, छैटौँमा इण्डोनेसिया, सातौँमा रुस, आठौँमा पाकिस्तान, नबौँमा मेक्सिको र दशौँमा इजिप्ट रहेको छ । सन् २०१८ मा विश्वभर गरी १७ करोड २४ लाख मेट्रिक टन चिनी खपत भएको छ । जस अनुसार विश्वमा प्रतिव्यक्ति चिनी खपत वार्षिक २२.६ किलोग्राम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here