प्रमुख सुवेदाररसिनियर सुवेदार समन्वयात्मक बैठक सम्पन्‍न

445

काठमाडौं / हाम्रो अनुभव, व्यवसायिकता र सदाचार, भविष्यका लागि मजबूत आधारू को मूल आशयसहित  मंसिर ५ र ६ गते जंगी अड्डामा सञ्चालन भएको दुई दिने प्रमुख सुवेदाररसिनियर सुवेदार समन्वयात्मक बैठक आज प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको छ ।

समापनको क्रममा मन्तव्य राख्‍नुहुँदै प्रधानसेनापति महारथी थापाले नेपाली सेनाको मेरुदण्ड भनेकै प्रमुख सुवेदाररसिनियर सुवेदार हुने भएकोले माथिल्लो तहका कमाण्डर तथा तल्लो तहका सकलदर्जाबीच महत्त्वपूर्ण पुलको रुपमा कार्य गर्दै आफूलाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढंगबाट निर्वाह गरी नेपाली सेनाको गौरवमय इतिहासलाई कायम राख्‍न निर्देशन दिनु भएको थियो । सोही क्रममा उहाँले प्रमुख सुवेदाररसिनियर सुवेदारलाई आ-आफ्नो युनिटका सकलदर्जालाई युनिट र राष्ट्रप्रति समर्पित रहँदै प्राप्त जिम्मेवारीहरुप्रति सजग रहन जागरुक तथा अभिप्रेरित गराउन समेत निर्देशन दिनु भएको  थियो ।

कार्यक्रमको शुभारम्भ मंसिर ५ गते बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत मन्तव्य राख्‍नुहुँदै नेपाली सेनामा प्रमुख सुवेदाररसिनियर सुवेदारको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नु भई संगठनको पेशागत क्षमता थप विकास गर्ने गरी कार्य गर्न निर्देशन दिनु भएको थियो । समन्वयात्मक बैठकमा प्रमुख सुवेदार र सिनियर सुवेदारहरुले संगठन भित्रका समस्या र चुनौती, कार्य समिक्षा, वर्तमान वस्तुस्थिती लगायतका विषयहरुमा छलफल गरी सुझाव प्रस्तुत गरेका थिए । उक्त बैठकमा नेपाली सेनाका विभिन्‍न युनिट तथा फर्मेशनहरुका २८० जना प्रमुख सुवेदाररसिनियर सुवेदारहरुको सहभागिता रहेको   थियो ।

बैठकको समापन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको समेत उपस्थिती रहेको थियो । यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने गहन तर्क र राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउन र नेपाली सेनाका पदिक तथा अन्यदर्जाले फिल्डमा भोगेका समस्याहरु समाधान गर्न थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here