साग फुटबलमा भुटानले बंगलादेशलाई हरायो

7

काठमाडौं  / १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलतर्फ भुटानले बंगलादेशलाई १—० गोल अन्तरले हराएको छ ।

प्रतियोगिताको पहिलो खेलको ६५ औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्जेन प्रतियोगिताको पहिलो खेलमा चेन्चोले ६५ औं मिनेटमा गरेको गोल जितका लागि पर्याप्त रहयो । भुटानले यस जितसँगै महत्त्वपूर्ण ३ अंक जोडेको छ । उपाधि जित्ने लक्ष्य राखेको बंगलादेशलाई भने यस हारले फाइनल पुग्ने सम्भावनालाई कठिन बनाएको छ ।

सागअन्तर्गत पुरुष फुटबलमा ५ राष्ट्रको सहभागिता रहेको छ । सुरुवातमा भारतले पनि प्रतिस्पर्धा गर्ने भनेपछि ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको थियो । तर भारतको अनुपस्थितिपछि प्रतियोगिता राउण्ड रोबिन लिगमा खेलाइएको हो । यस निर्णयप्रति श्रीलंका र माल्दिभ्सले आधिकारिक रुपमा विरोध समेत जनाएका थिए ।

दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन् । नेपालले भने पहिलो दिन खेल्ने छैन । नेपालले पहिलो खेलमा मंगलबार भुटानको सामना गर्नेछ । त्यस्तै भोली हुने दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here