माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

18

काठमाडौं / नेपाल राष्ट्रिय यू २३ फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनल नजिक पुगेकाे छ । अाज नेपालले  माल्दिभ्सलाई २—१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

खेलमा ११ औं मिनेटमा सुजल श्रेष्ठले माल्दिभ्सका खेलाडीको मिसपासलाई अगाडि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि बारमा लाग्दै फर्केको थियो । १८ औं मिनेटमा माल्दिभ्सले अग्रता  लिएकाे थियाे कर्नरमा आएको बललाई ६ यार्ड बक्सभित्र अनमार्क रहेका इब्राहिम हुसेनले वन टचमा सहजै गोल गरे ।

खेलकाे  ३१ औं मिनेटमा इब्राहिमले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर गएकाे थियाे  ३५ औं मिनेटमा हम्जा मोहमदले काउन्टर अट्याकमा गरेको आक्रमणलाई ६ यार्ड बक्स नजिकबाट फिनिस गर्न सकेनन् ।

४२ औं मिनेटमा नेपाल खेल बराबरी गर्नबाट चुक्यो । अभिषेक रिजालको उत्कृष्ट ड्रिब्लिङपछिको पासलाई सुजलले पेनाल्टी क्षेत्रभित्र सुनिललाई दिएपछि उनको प्रहारलाई माल्दिभ्सका गोलरक्षक हुसेन सरीफले विफल पारे । त्यसको एक मिनेटमै नेपालले बराबरी गोल गर्यो । अभिषेक रिजालले पेनाल्टी क्षेत्रको ठिक बाहिर बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै गरेको हाफ भली प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको ५२ औं मिनेटमा नेपालका सुनिल बलको कर्नरमा अनन्त तामाङको लो हेडरलाई माल्दिभ्सका गोलरक्षकले बचाउन सकेनन् । लगत्तै माल्दिभ्सका इब्राहिमले पेनाल्टी क्षेत्रको बाँया भागबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ७०औं मिनेटमा विक्रम लामाको लामो फ्रिकिमा अनन्तको हेडरले गोलरक्षकलाई समस्या दिन सकेन । लगत्तै हैसामले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक विकेशले बचाएका थिए ।

जित पछि नेपालकाे ३ खेलमा ७ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । माल्दिभ्स ४ खेलमा २ अंक जोड्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । अब फाइनल पुग्न नेपालले अन्य नतिजाको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here