राष्ट्रिय खेलाडीलाई सरकारले रोजगारी व्यवस्था गर्नु पर्छ : नेता प्रकाशमान

84

काठमाडौं / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारले मात्रै नपुग्ने भन्दै रोजगारीको व्यवस्था गरिदिनु पर्ने जनाएका छन् । यद्यपि १३ औं सागमा पदक विजेता खेलाडीहरुलाई सरकारले नगद पुरस्कारका साथै शहर परिक्रमा गराएर सम्मान गरेकोमा उनले खुसी व्यक्त गरे ।

१३ औं सागमा पदक विजेता कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई आज आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सरकारले खेलाडीको मनोबल उकास्ने काम गरेको भन्दै खुसी व्यक्त गरेका हुन् ।

राष्ट्रिय खेलाडीलाई सरकारले रोजगारी व्यवस्था गर्नु पर्छ ः प्रकाशमान सिहंले खेलाडीलाई नगद पुरस्कारका अतिरिक्त रोजगारीको सुनिश्चितता गर्न सकेमात्र खेल क्षेत्रबाट अपेक्षा अनुरुपको नतिजा आउने भन्दै त्यसतर्फ सोच्न सरकारलाई सुझाव दिए ।

‘बिश्वमा खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्नका लागि रोजगारीको ब्यवस्था गर्ने गरेको उदाहरण छ, अब हामीले पनि यतातर्फ सोच्नु पर्छ,’ पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले भने ।

कराँते महासंघ ललितपुरले आयोजना गरेको कार्यक्रममा १३ औं सागमा पदक जितेका कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । देशको गौरव बढाएको भन्दै सबै खेलाडीहरुलाई नेता सिंहले बधाई तथा प्रगतिको शुभकामना दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here