रोशनी शाहीको बयान आज पनि जारी ! के भनिन् महराविरुद्ध रोशनीले अदालतमा ?

239

काठमाडौं /  निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी प्रयास मुद्दाको साक्षी प्रमाण बुझ्ने क्रममा पीडित भनिएकी रोशनी शाहीको बयान आज पनि जारी रहेको छ । आइतबारदेखि शाहीले आफ्नो बयान दिइरहेकी छिन् ।

आइतबार पीडित भनिएकी रोशनी शाहीको बकपत्र सुरु भएको जिल्ला अदालतले समय अभावका कारण सोमबार पनि बयान शुरु  गरेको थियो ।

मुद्दासँग सम्बन्धित पीडित तथा अन्य साक्षीको बकपत्र गराउने काम न्यायाधीश अम्बिरराज पौडेलको इजलाशमा आइतबारदेखि शाहीले आफ्नो बयान दिइरहेकी छिन् ।  बयानमा के के भनिन भन्ने बारे गोप्य राखिएको छ ।

शाहीले बकपत्र दिइरहँदा पुर्पक्ष थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई समेत उपस्थिति गराइएको थियो । शाहीले बोली फेरे पनि औपचारिक रुपमा अदालत प्रमाणका रुपमा पेश गर्न पाएकी थिइनन् । बकपत्र सुरु भएसँगै उनले आफ्नो कुरा भन्ने मौका पाएकी हुन् ।

महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो। महराले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिए पनि ‘कैफियत प्रतिवेदन’ मागउने आदेश मात्र भएको छ ।

सुरुमा महानगरीय प्रहरी वृत्त वानेश्वरमा दिएको उजुरी अनुसार आफ्नो कोठामै आएर महराले जबरजस्ती करणी प्रयास गरेको जाहेरी दिएकी शाहीले पछि बोलि फेर्दै आफूमाथि करणी प्रयास नभएको भन्दै प्रहरी कार्यालय र अदालतमा समेत निवेदन दिएकी थिइन् । तर त्यसलाई अदालतले इन्कार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here