कार बम विस्फोटमा परी सिरियामा आठको मृत्यु

487

एजेन्सी सिरियाको टर्कीसँग सीमाक्षेत्र नजिकै सिरियाको उत्तरी सहरमा कार बम विस्फोट हुँदा आठजनाको मृत्यु भएको छ ।

सिरियन सहर तल अब्यादबाट २० किलोमिटर परको सुलुक गाउँमा कार बम विस्फोट भएको सिरियन सरकारले जनाएको छ । सिरियाली समस्याबारे छलफलका लागि टर्किस समूह रुस गएका बेला यस्तो हमला भएको हो । यस क्रममा हजारौं सिरियाली नागरिक सुरक्षाका लागि टर्की गएका छन् ।

सोमबारको बम आक्रमणको जिम्मेवारी भने हालसम्म कसैले पनि लिएको छैन । टर्किस रक्षा मन्त्रालयले कुर्दिस फौजलाई यसको आरोप लगाएको छ । जसले यसअघि उक्त सहर कब्जामा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here