नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

121

भक्तपुर / नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने बंगलादेशी नागरिकहरु २६ वर्षीय सुमन खान, ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् ।

भक्तपुर थिमी नगरपालिका-१ मा रहेको परिधि गिफ्ट सपबाट गत बिहिबार बेलुका सामान खरिद गरी सुमनले नक्कली नोट २ हजार नेपाली रुपैयाँ दिई फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले सुमन बस्ने गरेको कोठा तलासी गर्दा १ हजार दरको नक्कली नोट जस्तो देखिने १६ थान सहित कुल १८ थान नक्कली नेपाली नोट सहित कोठामासँगै बस्ने ३ जनालाई नियन्त्रणमा लिएको हो ।

नक्कली नोट दिई फरार भएका अभियुक्त सुमन खानलाई विशेष सूचनाको आधारमा काठमाडौं पेप्सीकोला टाउनप्लानिङमा लुकिछिपी बसेको अवस्थामा आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई उपर भक्तपुर जिल्ला अदालतमा पेश गरी मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here